एनएमबि बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षरोपण , हरित अर्थतन्त्र प्रवर्द्धनमा जोड


रुपन्देही : एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ स्थित तिलोत्तमा पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत पार्क क्षेत्रमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिची, कटर लगायतका करिब २०० फलफूलका बिरुवा रोपिएका छन्।
कार्यक्रमको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले बिरुवा रोपेर गरेका थिए।
कार्यक्रममा सीईओ घिमिरेले वातावरण संरक्षण र जलवायु अनुकूलनलाई प्राथमिकतामा राखी एनएमबि बैंकले सातै प्रदेशमा वृक्षरोपण तथा सरसफाइ अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनले बैंकले ‘हरित अर्थतन्त्र’ वा ग्रिनोमिक्सलाई आत्मसात् गर्दै दिगो, समावेशी र वातावरणमैत्री विकासका लागि काम गरिरहेको उल्लेख गरे।
तिलोत्तमा वडाध्यक्ष गणेश पाठकले तिलोत्तमा पार्कमा वृक्षरोपण गरेबापत एनएमबि बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो अभियानमा निरन्तर सहकार्यको अपेक्षा राखे।
त्यस्तै, तिलोत्तमा पार्क व्यवस्थापन समितिका अध्यक्ष दीपक पाठकले तिलोत्तमा पार्कलाई आकर्षक र उत्कृष्ट बनाउने अभियानमा बैंकको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन