एनएमबि बैंकले ६ करोड अमेरिकी डलरको हरित वण्ड जारी गर्ने

काठमाडौं : एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी), ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) र मेटालाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड (ग्रनी वण्ड) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत लिएको बैंकले जनाएको छ । त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।
उक्त वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्यलगायतका नवीकरणीय उर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयास मार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
अध्यक्ष गोयलले एनएमबि बैंकको उक्त पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्