साताको पहिलो दिन सेयर बजार ३२.९३ अङ्कले घट्यो


काठमाडौँ: यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह तीन दशमलव १३ र जलविद्युत् समूह दुई दशमलव ७८ प्रतिशतले घटेको हो ।
बैंकिङ शून्य दशमलव ८५, विकास बैंक शून्य दशमलव ८८, वित्त एक दशमलव शून्य नौ, लगानी शून्य दशमलव ९८ जीवन बिमा एक दशमलव शून्य छ र उत्पादन तथा प्रशोधन एक दशमलव शून्य पाँच प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४८, व्यापार शून्य दशमलव ७१ र अन्य समूह शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्