करेन्ट लागेर धनुषामा एकको मृत्यु


जनकपुर–धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन