स्थानीय वायुको आंशिक प्रभाव : कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको सम्भावना


काठमाडौँ: हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव नेपालमा सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने देखिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बाँकी प्रदेशका पहाडी भूभाग र तराईका एक–दुई स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
कोशी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा भने भारी वर्षा पर्ने सम्भावना रहेको चेतावनी महाशाखाले दिएको छ ।
साँझतिर र राति देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन