कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशका पहाडी भू–भागमा वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा हिमपातको पूर्वानुमान

जलसरोकार
मंगलबार, असोज २१, २०८२ | ०५:४१:५६ बजे

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश पहाडी भू-भागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा सामान्य बदली रहनेछ। तराईका अधिकांश भागमा भने आंशिक बदली रहने विभागले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना पनि देखिएको विभागले जनाएको छ।

मौसमी विश्लेषणका अनुसार, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानमा हाल पश्चिमी वायूको प्रभाव देखिएको छ भने बाँकी भू–भागमा कमजोर मनसुनी वायूको प्रभाव कायम रहेको विभागले स्पष्ट पारेको छ।

विभागले किसान, यात्री र दुर्गम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : मंगलबार, असोज २१, २०८२ | ०५:४१:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया