कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै विरोध प्रदर्शन


काठमाडौं ः सरकारले कुलमान घिसिङलाई नेपाल विद्यु्त् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि निरन्तर विरोध प्रदर्शन भइरहेका छन् । यतिबेला सडकमा कुलमानलाई पुनर्बहालीको माग गर्दै आन्दोलनका लागि ‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति’ गठन भइसकेको छ ।
उक्त समितिले आइतबार सरकारको निर्णयको विरोध र कुलमानलाई पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
यही ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
आफूलाई अवैधानिक तरिकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयका विरुद्धमा घिसिङ सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उनलाई अन्तरिम आदेश दिन अस्वीकार गर्यो । अदालतले हितेन्द्रदेव शाक्यको मुद्दा जीवित रहेकाले अन्तरिम दिन सकिएन भन्याे ।
उज्यालो नेपालका नायक कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन गरिएको एक संयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो
-
देशभर मौसम आज पनि सफा रहने
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार