थप ४ लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्याउने


काठमाडौँ - सरकारले सुनकोसी मरिन तथा सुनकोसी–कमल मरिनबाट आयोजनाबाट तराईका ८ जिल्लामा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै नारायणी नदीबाट चितवन र भेरी बबईबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थापनामा थोक वितरण प्रणालीबाट पानी वितरण गर्न सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
भक्तपुरको महादेवखोला तथा गुल्मीको कंकी देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको काम अघि बढाइने भएको छ । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोवीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने समेत सरकारको योजना छ ।
मधेस, कर्णाली र सुदूरपश्चिममा खानेपानी सरसफाइ तथा प्रशोधन सुरु गर्ने योजना अघि बढेको छ । आगामी वर्ष खानेपानी विस्तार सुविधाबाट ४ लाख ४५ हजार थप जनसङ्ख्या लाभान्वित हुने सरकारको आङ्कलन छ । अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयका लागि २६अर्ब ६३ करोड विनियोजन गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन