पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने


काठमाडौं - पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो । कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले विहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै त्यसको अख्तियारी दिने सम्बन्धमा समेत सभाले निर्णय गर्नेछ ।
नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा समेत सभामा छलफल हुनेछ । आईपीओ निष्कासनको खर्च जुटाउन कम्पनीले यस अघि संस्थापक शेयरधनीहरूबाट चुक्ता हुन बाँकी रकम उक्त शेयर विक्री गरेर जुटाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन