राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै


म्याग्दी: रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।
तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।
आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।
आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो
-
देशभर मौसम आज पनि सफा रहने
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार