रानी जमरा कुलरिया सिँचाइ आयोजना : सात स्थानीय तहमा सिँचाइ सुविधा विस्तार


धनगढी: राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सात स्थानीय तहमा सिँचाइ सुविधा विस्तार गरेको छ । घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायतका क्षेत्रमा आयोजना विस्तार भएपछि किसानलाई आधुनिक कृषिमा सहजीकरण भएको छ ।
कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम सञ्चालन हुँदैछ । यस अन्तर्गत करिब १८ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
आयोजनाले बीउ उत्पादन, केराखेती, सागसब्जीखेती र वसन्ते मकैखेतीमा उल्लेखनीय योगदान पु¥याएको छ । हाल टीकापुर क्षेत्रमा ४५० हेक्टरमा केराखेती भइरहेको छ भने १४ जिल्लामा उन्नत बीउ आपूर्ति हुँदै आएको छ ।
तेस्रो चरणमा चैते धान, वसन्ते मकै र आलु उत्पादनलाई प्राथमिकतामा राखी किसानलाई सहयोग गरिने जनाइएको छ । कृषि उपज भण्डारणका लागि एक हजार मेट्रिक टन क्षमताको शीतभण्डारसमेत निर्माण भइसकेको छ ।
आयोजना कार्यान्वयन एकाइका अनुसार तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुने छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन