जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति


म्याग्दी: जिल्लाको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो ।
मौवाफाँट हुँदै झिँ, पाखापानी, दग्नाम र चिमखोलासम्मका कठिन भागमा ढलान कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
३५.५ मेगावाट चिमखोला–राहुघाट–मङ्गले र २१.३ मेगावाट ठूलोखोला आयोजना सम्पन्न भइसकेका छन् भने राहुघाट, ठूलोखोला ‘ए’ र अपर राहुघाट आयोजना अन्तिम चरणमा छन्। तुँदी पावर, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)ले करिब दुई करोड रुपैयाँ सहयोग गरेर सडक ढलान र विस्तार गरेका छन् ।
यस्तै, रघुगङ्गा हाइड्रोपावरले करिब १० करोड रुपैयाँ खर्चेर बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने ताल–पिप्ले–मौवाफाँट खण्डमा स्तरोन्नति थालेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन