सत्तारुढ दलको बैठक बालुवाटारमा जारी, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल


काठमाडौं : सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । यही वैशाख १९ गते शुक्रबार प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । उक्त विषयको छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक बोलाएका थिए ।
जारी बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ ।
आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएको थियो । तर सहमति जुट्न सकेन ।
सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन्।
बैठकमा गठबन्धन दलहरुबीच बढेको अविश्वासबारे पनि छलफल हुनेछ। पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि कांग्रेस नेताहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन्।
बैठकमा कांग्रेस, एमाले, जसपा, लोसपालगायतका नेताहरु सहभागी छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन