‘माथिल्लो अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको सहभागिता हुने’

काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले माथिल्लो अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको सहभागिता हुने बताएका छन् ।
सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशन (एसकाज)ले शुक्रबार साँझ आयोजना गरेको मनराज–एसकाज पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले चाँडै माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सुरु हुने र त्यसमा सङ्खुवासभावासीको सहभागिता हुने बताएका छन् ।
“स्रोतको हिसाबले सङ्खुवासभा धनी जिल्ला हो, सङ्खुवासभावासीले आफ्नो स्रोतको उपयोग गर्न पाउनुपर्छ, सङ्खुवासभाका बासिन्दाले माथिल्लो अरुणको शेयर प्राप्त गर्नेछन्, गरिब तथा विपन्न वर्गका जनतालाई जलविद्युत्को शेयर सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उनले भने ।
मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दापनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने उल्लेख गरे । उनले खोेला बेच्न लागियो भनेर समाजमा गलत भाष्य सिर्जना गर्न खोजिएको बताए । “खोला बेच्न लागिएको होइन, यहाँ उत्पादित विद्युत्लाई आन्तरिक खपत बढाएर बाँकी विद्युत् छिमेकी मुलुक निर्यात गर्न लागिएको हो,” उनले भने, ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सङ्खुवासभाको विकासमा एसकाजले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले पठन संस्कृतिको विकासलाई देशभर फैलाउन मनराज प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।
एसकाजका अध्यक्ष शङ्कर खनालले सङ्खुवासभामा जन्मेर पत्रकारितामार्फत मुलुकको विकासमा योगदान दिने पत्रकारलाई विगत आठ वर्षदेखि पुरस्कार प्रदान गरिँदै आएको जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो