सेयर बजारमा सामन्य सुधार, २ अर्ब ५३ करोडको कारोबार


काठमाडौं– सेयर बजार कारोबारमा बुधबार झिनो सुधार छ। बजार सामान्य अंकले बढ्दा बुधबार पोखरा फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। उक्त कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा रह्यो। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक २।४४ प्रतिशतले बढेको छ।
कारोबारमा आएका ३१३ कम्पनी मध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ। ११७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। माईखोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।
२ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर ६३ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन