साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी


काठमाडौं: साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । बजार बन्द हुनेबेला परिसूचक ९.७० अंकले घट्दै २७६७.२० विन्दुमा झरेको हो ।
आज कारोबार रकममा समेत कमी आएको छ । कुल १ करोड ५२ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सहभागी कम्पनीमध्ये ५९ वटाको मूल्य बढ्दा १८८ वटाको मूल्य घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो ।
कम्पनीगत रुपमा हेर्दा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ उठाए। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२१.३० रुपैयाँमा पुगेको हो। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य पनि ७.४२ प्रतिशतले बढ्यो ।
तर, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा ठूलो घाटा बेहोरे। कम्पनीको सेयर मूल्य ९.०३ प्रतिशतले घट्दै ४०८.६८ रुपैयाँमा झ¥यो ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो। यसको कारोबार २५ करोड ९ लाख रुपैयाँ बराबरको भयो । त्यसपछि हिमालयन रिइन्स्योरेन्सले २१ करोड ७६ लाख र चन्द्रागिरि हिल्सले १९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन