सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो


काठमाडौं: सोमबार सेयर बजारमा सुधार आएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढ्दै २५४७ अंकमा पुगेको हो ।
दिनभर उतारचढावपछि बजार साढे १२ बजेपछि वृद्धि तर्फ लागेको थियो। समग्र बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ९७ करोड रुपैयाँमा सीमित रह्यो ।
२ सय कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घट्यो भने ८ कम्पनी स्थिर रहे। अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले बढेको छ। हाइड्रोपावर, होटल, लगानी, बीमा र बैंकिङ समूहमा पनि सुधार देखिएको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन