४ दिनदेखि सेयर बजार लगातार ओरालेबाटोमा, आज पनि ११.४९ अंकले घट्यो

काठमाडौं: आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ ।
विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो । बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो ।
६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ तथा व्यापार समूह १.३९ प्रतिशत बढे ।
अन्य १.३०, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.७६, लगानी ०.३९, हाइड्रोपावर ०.५०, होटल तथा पर्यटन ०.२४, विकास बैंक १.३५ र बैंकिङ सेक्टर ०.३५ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । गार्डियनको आजदेखि कारोबार सुरु भएको हो । जसको मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा छ ।
त्यस्तै उपकार लघुवित्तको ६, इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको ५.२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ६.५, सिन्धु विकास बैंकको ५.६ तथा भूगोल इनर्जीको ४.६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्