सेयर बजार १२ अंकले बढ्यो, कारोबार रकम घट्यो


काठमाडौं: सोमबार सेयर बजार १२.०३ अंकले बढ्दै २७६१.८६ अंकमा पुगेको छ । दिनभर सामान्य उतारचढावमा रहेको बजार ११ः४१ बजेतिर २७४१ अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु रह्यो । त्यसपछि क्रमशः सुधार हुँदै २ बजेपछिदेखि बजार उकालो लागेको हो ।
तर कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भए पनि सोमबार ५ अर्ब १० करोडमै सीमित भयो ।
बजार वृद्धिमा बैंकिङ समूहको भूमिका प्रमुख रह्यो । बैंकिङ १.५० प्रतिशतले बढ्यो । त्यसैगरी विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७ र निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जीवन बीमा स्थिर रह्यो भने व्यापार ०.८५ र अन्य ०.०३ प्रतिशतले घटे ।
हिमस्टार ऊर्जाको सेयर मूल्य ६.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता २६७.५० रुपैयाँ पुगेको छ । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंक ४.०८, सिद्धार्थ बैंक ३.२८ र महिला लघुवित्त ३.२१ प्रतिशतले बढे ।
उन्नति सहकार्य लघुवित्त ७.६८ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो । विकास हाइड्रोपावर ४.८८, पियोर इनर्जी ४.७१, पिपुल्स पावर ३.६५ र नारायणी डेभलपमेन्ट बैंक ३.३४ प्रतिशतले घटे ।
नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक सोमबार धेरै कारोबार भएका कम्पनीमा परे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन