६.७८ अंकले बढ्यो सेयर बजार, ११८ कम्पनीको बढ्दा ११७ को घट्यो, ८ को स्थिर


काठमाडौं,: सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो ।
११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन १.६८, निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशत बढे ।
मानुषी लघुवित्तको मूल्य ९.०५ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.७, दोल्ती पावरको ७.४, मध्यभोटेकोशीको ५.८, बाराही हाइड्रोपावरको ५.७, हिमालयन पावर पार्टनरको ५.६ तथा नेपाल पुनर्बीमा कम्पनीको ४.८४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।
नेपाल फाइनान्सको ७.१५, जानाकी फाइनान्सको ६.९७, नारायणी डेभलपमेन्टको ५.९७, लुम्बिनी विकास बैंकको ४.५५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा रिभर फल्स पावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन