आइतबारसम्मका लागि सेयर बजार बन्द हुने


काठमाडौँ: यो साताका बाँकी दुई दिन सेयर बजार बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै बुधबार र बिहीबार कारोबार बन्द रहने जनाएको हो ।
विषम परिस्थितिका कारण धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ बमोजिम बजार बन्द गरिएको नेप्सेले जनाएको छ । सो नियमावलीअनुसार प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणाली अस्थायी रूपमा स्थगन गर्न सक्ने व्यवस्था छ ।
नेप्सेका अनुसार परिस्थिति सामान्य भएमा अब आइतबारदेखि मात्र कारोबार सुरु हुनेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन