सामान्य अंकले बढ्यो सेयर बजार, व्यापार र फाइनान्स समूहमा उछाल


काठमाडौं– साताको चौथो कारोबारका दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक ३.७९ अंकले बढेको हो । अघिल्लो कारोबारका दिन ४७ अंकले बढेको बजार बुधबार भने ३.७९ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार मापक २१०४.२२ विन्दुमा उक्लिएको छ । साताको चौथो कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजारमा अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने बढेको छ ।
आज ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ६१ हजार १९९ पटकमा खरिद बिक्री भएको छ जसमा ३१४ कम्पनी थिए । मंगलबार ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ६० हजार ७२० पटकमा खरिद बिक्री भएको थियाे ।
सेन्ट्रल फाइनान्स तथा आइसिएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । यस्तै गुह्वेश्वरी फाइनान्स, मञ्जुश्री फाइनान्स, सप्तकोशी विकास बैंक उच्च कारोबार गर्ने कम्पनीमा परे ।
समूहगत उपसूचकतर्फ बैंकिङ समूह ०.६३ प्रतिशत, विकास बैंक २.७१ प्रतिशत, फाइनान्स समूह ६.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१८ प्रतिशत तथा व्यापार समूह ६.१२प्रतिशतले बढेकोे छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्