लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित


काठमाडौँ: शेयर बजार मापक नेप्से परिसूचक आज छ प्रतिशतले ओरालो लागेपछि बजार स्थगित भएको छ ।
कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले घटेपछि पहिलो पटक नकारात्मक सर्किट ब्रेकर लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि ११ः२३ बजे पुनः खुलेको बजार पाँच प्रतिशतले ओरालो लाग्दा दोस्रो सर्किट लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित गरियो । पुनः १२ः०४ मा बजार खुल्दा परिसूचक छ प्रतिशतले ओरालो झर्दै तेस्रो सर्किट लागेपछि आजको कारोबार बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
आज नेप्से परिसूचक १६०.३३ अंकले घटेर २,५११.९१ मा सीमित भएको छ । छोटो अवधिमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
यसअघि भदौ २३ र २४ गतेको विषम परिस्थितिका कारण बन्द भएको बजार आज मात्र खुलेको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन