सेयर बजार सामान्य बढ्यो, माइक्रो फाइनान्स समूहमा उछाल


काठमाडौं–साताको अन्तिम कारोबारका दिन सेयर परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार बजार परिसूचक ०.७९ अंक बढेर साताको कारोबार बन्द भएको हो । साताको अन्तिम कारोबार पश्चात बजार २०१८.७६ मा कायम रहेको छ ।
आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको सेयर मूल्य घटेको छ । सामान्य अंकले बजार बढ्दा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ५७ हजार २१८ पटकमा खरिद बिक्री भएको छ ।
सामान्य अंकले बजार बढ्दा पनि माइक्रो फाइनान्स समूहका कम्पनीहरु उच्च कारोबार गर्नेमा परेका छन् । हिमालयन लघुवित्त, जाल्पा सामूदायिक लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समूहगत परिसूचकतर्फ माइक्रो फाइनान्स समूह ३.८० प्रतिशत र अन्य समूह ०.२२ प्रतिशतले बढ्दा बाँकी समूह राताम्मे देखिएका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूह १.४५ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन