९० वर्षअघिको विद्युत् गृह सुन्दरीजलले कमाउँछ वार्षिक ५ करोड


सुन्दरीजल: काठमाडौंबाट १७ किलोमिटर उत्तर–पूर्वी दिशामा रहेको सुन्दरीजल उपत्यकाको एक सुन्दर मनमोहक स्थानको रुपमा परिचित छ । यसै स्थानको शिर भएर बग्ने बागमतीको पानी संकलन गरी नौ दशकअघि राणाहरुले आफ्ना लागि भनेर नेपा कै दोश्रो जलविद्युत् निर्माण गरेका थिए । स्थापना कालदेखि अनवरत रुपमा उत्पादन दिदै आएको यस केन्द्रले हाल बार्षिक करिब ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र रहेको यस परियोजना तत्कालीन राणा प्रधानमन्त्री जुद्घ शमसेर राणाले १९९१ सालमा उत्पादन शुरु गरेका थिए ।
यसअघिका केन्द्र प्रमुख टंकनाथ पौडेलका अनुसार यसअघि ३२० किलोवाटका दुई टर्वाइन जडित थिए । जसबाट ४७ लाख ७० हजार युनिट विद्युत् उत्पादन हुँदै आएको थियो । शुरुमा ६५० किलोवाट क्षमता रहेको यस विद्युतगृहलाई २०७८ सालमा ९७० किलोवाटमा स्तरोन्नति गरिएको थियो ।
स्तरोन्नति सँगै ५७ लाख ८५ हजार ३ सय ३० युनिट उत्पादन हुदै आएकोे छ । यही थपिएको उत्पादन विक्री गरी सुन्दरीजल विद्युत् केन्द्रले वार्षिक करिब ५ करोड आम्दानी गरेको हो ।
बागमतीको मुहानबाट ल्याइएको पानीले मात्र नपुग्ने भएपछि नजिकै रहेको नागमतीको पानीलाई पनि नहर बनाएर बागमतीको किनारमा रहेको ड्याममा झारिएको छ ।
नौ दशक अगाडी जडित विद्युत् उपकरण बिग्रँदै गएको र उत्पादनमा समेत ह्रास आउन थालेपछि स्तरोन्नति गरिएको केन्द्रले जनाएको छ । विद्युत केन्द्रमा जडित पुराना उपकरणलाई वैज्ञानिक प्रयोेगशालासँगै सँग्रहालयमा राख्ने तयारी गरिएको छ ।
उक्त संग्राहलय जलविद्युत उत्पादन भइहेको सुन्दरीजल विद्युत् गृहस सँगै स्थापना गरिएको छ । भावी पुस्तालाई ९ दशकअघिका पूर्खाहरुले बालेको बिजुली इतिहासलाई कायम राख्न संग्राहलयको योजना बनाईएको हो ।
संग्राहलयको ५० प्रतिशत भन्दा बढी काम सकिएको छ । यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको सुन्दरीजल बिद्युत केन्द्रले सामान्य समस्याका कारण थप कार्य अघि बढाउन सकेको छैन । पुराना मेशीनहरुलाई फाल्ने भन्दा पनि थोरै (सुन्दरीजल विद्युत केन्द्रमा उपलब्ध) जनशक्क्तिहरुबाटै जडान गर्दै आएको केन्द्रलाई नेपाल विद्युत् प्राधिकरणले थोरै सहयोग गरिदिएमा उक्त संग्राहलय सम्पन हुने स्थानीय बताउँछन ।





* यसअघि वार्षिक ५ करोड हुनुपर्नेमा ५० करोड हुन गएकाले सच्याइएको छ –सम्पादक
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्