तम्घास बजार ‘हाइ–मास्ट लाइट’ ले झिलिमिली


काठमाडौं– गुल्मीको सदरमुकाम तम्घासको विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान भएसँगै बजार उज्यालो भएको छ । रेसुङ्गा नगरपालिकाले ‘उज्यालो सहर : नागरिकको रहर’ अभियानसहित सबैभन्दा बढी चहलपहल हुने विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान गरिएको हो । तम्घास बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै बजारलाई राति पनि सुन्दर र उज्यालो बनाउनका लागि उच्च क्षमताको ‘हाइ–मास्ट लाइट’ जडान गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । अग्लो र धेरै बजार क्षेत्र समेट्ने गरी राखिएको भन्दै उनले सुन्दर शहर बनाउने उद्देश्य राखिएको बताए ।
चिदीचौर खेलमैदानको साइड, बसपार्क र उदिनढुङ्गा जीप पार्कमा ‘हाइ–मास्ट लाइट’ जडान गरेसँगै बत्ती बल्न थालेको छ । नगरपालिकाले अन्य विभिन्न मुख्य बजार क्षेत्र र चोकहरुमा पनि जडान गर्ने नगरप्रमुख पन्थीले बताए । चिदीचौरमा १६ मिटर लम्बाइ भएको पोलमा ३२०० वाट, बसपार्कमा १२ मिटर लम्बाइ भएको पोलमा २४०० वाट र जिप पार्कमा १२ मिटर लम्बाइ भएको पोलमा २४०० वाट क्षमता भएको ‘हाइ–मास्ट लाइट’ जडान गरिएको छ ।
नगरपालिकाको करिब १२ लाखको लागतमा जडानसँगै सञ्चालन ल्याइएको ‘हाइ–मास्ट लाइट’ को बजार क्षेत्रको विद्युत महसुल रेसुङ्गा नगरपालिकाले व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली बताए । यसरी रेसुङ्गा नगरपालिकाले ‘उज्यालो सहर : नागरिकको रहर’ अभियान अन्तर्गत विभिन्न मुख्य चहलपहल हुने स्थान र चोकहरुमा ‘हाइ–मास्ट लाइट’ जडान गर्दा यहाँका नागरिक अत्यन्तै खुसी भएका छन् । शान्ति सुरक्षा कायमसँगै सुन्दर र उज्यालो बजार हुने भन्दै स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन