मुलुकको विद्युत् जडित क्षमता ३,५९१ मेगावाट


काठमाडौं: ऊर्जा क्षेत्रमा गत आर्थिक वर्षसम्म मुलुकको विद्युत् जडित क्षमता ३,५९१ मेगावाट पुगेको छ । यसमध्ये जलविद्युत् मात्र ३,३९० मेगावाट रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पर्यटन क्षेत्रतर्फ, २०८१/८२ मा ११ लाख ४७ हजार ८३४ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो, जसले कोभिड–१९ पछि पुनः लयमा फर्किन खोजिरहेको पर्यटन उद्योगलाई थप बल मिलेको देखिन्छ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रका प्रमुख सूचकहरूमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वार्षिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आन्तरिक र बाह्य दुवै क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्।
प्रतिवेदनअनुसार, गत आवमा सरकारको चालु खाता रु. ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रह्यो, अघिल्लो आवमा यो २ खर्ब २१ अर्ब ७१ करोडले मात्र बचतमा थियो। सोही अवधिमा शोधनान्तर स्थिति पनि बढ्दै रु. ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. १२ अर्ब २ करोड भित्रिएको छ भने खुद पुँजीगत ट्रान्सफर रु. ९ अर्ब ८४ करोड रहेको छ।
आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान गरिएको छ। क्षेत्रगत रूपमा कृषिमा ३.२८ प्रतिशत, उद्योगमा ४.५३ प्रतिशत र सेवामा ४.२१ प्रतिशतको वृद्धि भएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवाको योगदान क्रमशः २५.१६, १२.८३ र ६२.०१ प्रतिशत रहेको छ।
कुल गार्हस्थ्य बचत जीडीपीको ६.५५ प्रतिशत रहेको छ भने कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचत क्रमशः जीडीपीको २४.०७ र ३६.२४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधान ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित
-
मुलुकको विद्युत् जडित क्षमता ३,५९१ मेगावाट
-
सेयर बजार घट्दा कारोबार रकम ६ अर्ब नाघ्यो
-
आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढ्यो, मुद्रास्फीति घट्यो
-
राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै
-
चार दिनमै सुन ४ हजारले बढ्यो, चाँदी पनि महँगियो