रोकिएन सेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट


काठमाडौं– नयाँ वर्ष सुरु भएको दोस्रो कारोबार दिनमा पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको छ।
कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्य घट्दा बजार दोहोरो अंकले ओरालो लागेको हो। फाइनान्स उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै १.६४ प्रतिशतले गुमाएका छन्।
३१४ कम्पनीमध्ये १८४ को सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको सेयर मूल्य बढेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
दुईवटै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो। माछापुच्छ्रे डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले बढेको छ।
२ अर्ब ७९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै ङादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन