नयाँ सरकार गठनले सेयर बजारमा उछाल, ५३ अंकले बढ्यो परिसूचक


काठमाडौं–सरकारक परिवर्तनसँगै सेयर बजार उच्च अंकले उकाले लागेको छ । साताको पहिलो कारोबारका दिन आइतबार बजार करिब ५३ अंकले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबारमा २९ अंकले बढेको बजार आज ५२.९७ अंकले बढेको छ ।
आजको कारोबारपछि समग्र बजार मापक परिसूचक २२५७.५९ विन्दुमा उक्लिएको छ । आज २०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजारसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो साताको अन्तिम कारोबारमा आज ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९६ हजार २७४ पटकमा खरिद बिक्री भएको छ ।
रिडी पावर कम्पनी तथा मन्डु हाइड्रको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो पावर, अरुण भ्याली हाइड्रो पावर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे । ५३ अंकले बढेको बजारमा सबै समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै बैंकिङ समूहको सेयर मूल्य बढेको छ । आज बैंक समूह ३.७४ प्रतिशतले उकालो लाग्यो । यस्तै जलविद्युत् समूह ३.३० प्रतिशतले बढेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन