कुलमान घिसिङलाई सरकारले हटाए सडक संघर्षमा जानुपर्छ,’ : माओवादी


काठमाडौं,: ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सात दिने स्पष्टीकरण सोधेको प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
मंगलबार केन्द्रीय समिति बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारले बर्खास्त गर्न सात दिने स्पष्टीकरण साेधेकाे विषयले प्रवेश पाएको थियाे ।
केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।
‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।
सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।
साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठीक नभएको उनको भनाइ थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो
-
देशभर मौसम आज पनि सफा रहने