वन मन्त्रालय एकदम पुरातनवादी सोचको मन्त्रालय हो

पेशाले इन्जिनियर र जलविद्युत् प्रवर्द्धक मिथुन पौडेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) कार्य समितिमा छन् । मुलुकको आर्थिक विकासको सम्भावना रहेको जलविद्युत् क्षेत्रमा अनेकानेक चुनौती र समस्या छन् । कतिपय मानवीय नियन्त्रणभित्रका छन् भने कतिपय बाहिरका । सांसदले नबुझीकन बनाउने कानुनहरु मानवीय नियन्त्रण अन्तर्गत पर्छन् । भोलि सांसदहरुले कुरो बुझे, पढ्न थाले भने त्यस्ता असान्दर्भिक, अव्यावहारिक कानुन सच्चिन सक्छन् । तर विश्व नै जलवायु परिवर्तनको चपेटमा परेको छ, त्योचाहिं तत्काल मानव नियन्त्रणभित्र पर्दैन । यसका लागि पृथ्वीका सबै मानव लागिपर्नुपर्छ अनि मात्र मानव नियन्त्रणमा आउँछ । तर अहिलेको सन्दर्भमा विश्वलाई नै गाँज्न लागेको मौसम परिवर्तनमा हाम्रो अवस्था के हुने, त्यसलाई कसरी अनुकूलन गर्ने लगायतका विषयमा जलसरोकारले इनिजनियर पौडेलसँग कुराकानी गरेको थियो । हेरौं सोमबार जलसरोकारमा प्रसारण भएको उक्त कुराकानीको भिडिओ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन