सुन्दरीजल क्षेत्रमा मेलम्चीको पानी नदिएको भन्दै सांसदको आपत्ति


काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताएका छन् । सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उनले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए ।
“मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्”, उनले भने, ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन