प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं: मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य क्रमशः घट्दै आएको छ ।
चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २ हजार ३०० रुपैयाँमा झरेको छ । चाँदीको मूल्य यसअघि प्रतितोला २ हजार ३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन