सुनको मुल्य १६ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं: सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार थप महँगिएर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यससँगै चाँदीको मूल्य पनि उकालो लाग्दै हालसम्मकै महँगो भएको छ । आइतबार चाँदी प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको २ हजार ४ सय ९० रुपैयाँको मूल्य तोड्दै चाँदीले समेत नयाँ रेकर्ड बनाएको हो ।
सुन–चाँदी दुवैको मूल्य ऐतिहासिक उचाइमा पुगेसँगै बजारमा यसको कारोबारमा समेत चासो बढेको देखिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन