सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढ्यो, हेर्नुहोस् आजको मुल्य कति ?


काठमाडौँ : बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो वृद्धि पछिसँगै सुनको मूल्य ऐतिहासिक स्तरमा पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्दैछ । बुधबार विश्व बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलरमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९६० रुपैयाँ रहेको चाँदी आज २ हजार ९५५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा अस्थिर आर्थिक अवस्था, मध्यपूर्वमा बढ्दो तनाव र मुद्रास्फीतिको चापका कारण सुनको माग बढ्दै गएको छ। यसले सुनको मूल्य लगातार बढ्ने क्रमलाई बल दिएको बताइन्छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन