कोहलपुर–सुर्खेत प्रसारण लाइनका ६ हजार २३६ वटा रुख काट्ने प्रक्रिया शुरु


काठमाडौं – कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया शुरु भएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार २३६ वटा रुख काट्ने अनुमति पाएसँगै कटान प्रक्रिया शुरु भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।
विद्युत् विस्तारका लागि बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० वटा रुख काटिने छ । ती रुखमा छपानको काम सकिएको र कटानको फाइल प्रमाणित भएर आउने बित्तिकै रुख काटिने आयोजना प्रमुख चौधरीले बताए ।
२०७७ साल असारदेखि शुरु भएको विद्युत् प्रसारण लाइन विस्तार कार्यको ७० प्रतिशत प्रगति भएको छ । प्रसारण लाइन विस्तार क्षेत्रमा रहेका रुख कटान अनुमति पाए पनि जग्गा विवाद भने कायमै रहेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद समाधानका लागि सरोकारवालासँग छलफल चलिरहेको छ । प्रसारण लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन