सेयर बजार ३ अंक घटेर साताको कारोबार बन्द


काठमाडौं – साता कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक पुनः घटेको छ । हिजो सामान्य बढेको बजार आज ३ अंक घटेर १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडमा खुम्चियो । आज २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको सेयर कारोबार भएको छ। बुधबार दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०३ वटा धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन मल्टीपर्पस फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ कायम भएको छ। यस्तै, पोखरा फाइनान्सको सेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१० रूपैयाँ ९० पैसा पुगेको छ।
सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७२७ रूपैयाँ कायम भएको छ। यस्तै, माइखोला हाइड्रोपावरको मूल्य ५.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४४४ रूपैयाँ ४० पैसामा झरेको छ।
बिहीबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ९० पैसामा ११ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा मल्टीपर्पस फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२५ रूपैयाँमा ९ करोड ४० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको भने बाँकी ८ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन