बुधबार सेयर बजार १०.५० अंकले घटेर २७८५ अंकमा स्थिर


काठमाडौं: बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ अंकमा स्थिर भयो । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको भए पनि त्यसपछि सुरु भएको गिरावट अन्तिम समयसम्म कायम रह्यो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडमा सीमित रह्यो । आज ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनी घटे र १ कम्पनी स्थिर रह्यो ।
समूहगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.५० प्रतिशतले घट्यो। बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ र निर्जीवन बीमा ०.२७ प्रतिशतले घटे। विपरीत, विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढे ।
मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढ्यो। त्यसपछि नेपाल रिपब्लिक मिडिया (३.६६%), सप्तकोशी विकास बैंक (३.३३%) र समाज लघुवित्त (३.३१%) रहेका छन् । घट्नेमा सिक्लेस हाइड्रोपावर ७.२२ प्रतिशतले अगाडि रह्यो। बलेफी हाइड्रोपावर ३.४५% र उपकार लघुवित्त २.८२% ले घटे ।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी परेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन