साताको अन्तिम दिन सेयर बजार ११.६४ अंकले घट्यो


काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ ।
दिनभरको कारोबारमा १२ ः ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो ।
फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।
अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन