सेयर बजार २७.९० अंक घटेर २८२२ अंकमा


काठमाडौं : सोमबार सेयर बजार २७.९० अंकले घटेर नेप्से परिसूचक २८२२ अंकमा झरेको छ । दिनको सुरुवातमा बजार सकारात्मक लयमा भए पनि कारोबार सुरु भएको ३२ मिनेटमै ओरालो लाग्यो। ११ः३२ बजे नेप्से २८७५ अंकमा पुगेको थियो, जुन दिनकै उच्च स्तर रह्यो ।
सूचक घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिनको ८ अर्ब ५३ करोडको तुलनामा सोमबार १० अर्ब २१ करोडको कारोबार भयो। ३० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घट्यो। अधिकांश समूहका सूचक हरिया नभई राताम्मै भए, जसमा माइक्रोफाइनान्स समूह २.३५ प्रतिशत र विकास बैंक समूह २.३१ प्रतिशतले सबैभन्दा धेरै घटे ।
बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटे भने अन्य समूह ०.३१ प्रतिशतले मात्र बढ्यो ।
रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । त्यसपछि पन्चकन्या माइ हाइड्रोपावर ६.८७ प्रतिशत र बुद्धभूमि हाइड्रोपावर ३.४७ प्रतिशतले बढे। उन्नति सहकार्य लघुवित्त ७.६४ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनी बन्यो। लिबर्टी इनर्जी ७.०६, ट्रेड टावर ६.९९, सीवाईसी लघुवित्त ५.७४ र विन नेपाल लघुवित्त ५.७२ प्रतिशतले घटे ।
धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर क्रमशः अगाडि रहे। बजार पूँजीकरण घटेर ४७ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्