सेयर बजार ११ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५ करोड


काठमाडौं– साताको चौथो कारोबारमा सेयर बजार परिसूचक ११ अंकले घटेको छ । बजार परिसूचक बुधबार ११.६० अंकले घटेको हो । आजको कारोबारसँगै बजार मापक २०६०.१६ विन्दूमा कायम भएको छ ।
आज ५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।
आज ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ५४ हजार ७९३ पटकमा खरिद बिक्री भएको छ । जसमा ३०५ कम्पनीको सेयर ५४ हजार ७९३ पटकमा खरिद बिक्री भयो । बजार घटेपनि नेपाल फाइनान्स लिमिटेड, शिभ श्री हाइड्रोपावर, गणपति लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, स्वभिमान लघुवित्त शीर्ष कम्पनी कमाउने कम्पनी रहे । बजार ११ अंकले घट्दा फाइनान्स समूह र म्युचअल फण्ड समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन