बजेटपछिका २ कारोबारमा ४४ अंक घट्यो सेयर बजार


काठमाडौं– बजेटपछि घट्न सुरु गरेको सेयर बजार आज पनि कायम रह्यो । साताको अन्तिम कारोबारका दिन बिहीबार बजार करिब २० अंकले बढेको छ । अघिल्लो कारोबारको दिन २४ अंकले घटेको बजार आज १९.८९ अंकले घटेको हो ।
आजको कारोबारमा १९.८९ अंकले बजार घट्दा बजार मापक परिसूचक २०६९.५३ मा झरेको छ । बजार घट्दा कारोबार भएका ७० कम्पनीको सेयर मूल्य घटेको छ भने १७३ कम्पनीको सेयर मूल्य बढेको छ ।
आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ बराबरको सेयर ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ६१ हजार ७२ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारको दिन आजको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ६३ हजार ८० पटकमा खरिद बिक्री भएको थिय । नेपाल फाइनान्स लिमिटेड, अपर लोहोरे खोला जलविद्युत्, भगवती हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उप–सूचकतर्फ फाइनान्स समूह ०.१५ प्रतिशत,जलविद्युत् ०.४९ प्रतिशत,म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ १.२३ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन