सेयर बजार ९ अंकले घट्यो, ३ अर्ब ७० करोडको कारोबार


काठमाडौं – बुधबार सेयर बजारको परिसूचक नेप्से ९.५४ अंक घटेको छ । अघिल्लो दिन २८ अंक बढेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७० करोडमा खुम्चियो ।
६५ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ८ को स्थिर रह्यो ।उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ५, विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ४१, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ र अन्य समूह १५ अंक घटे । ब्यापार समूह ३१ र उत्पादन समूह ८९ अंक बढे ।
उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपारको ६, बुद्धभूमि हाइड्रोपावरको ५.६, सुपरमाइ हाइड्रोपारको ४.४ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ओरियन्टल होटलको ५.५, सीईडीबी हाइड्रोपावरको ४, तमोरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पिपुल्स पावर, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सोनापुर सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन