सेयर बजारमा सामान्य अङ्कको गिरावट


काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९५ करोड ८० लाख सात हजारको कारोबार भएको छ ।
आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेपाल रिइन्स्योरेन्क कम्पनी लिमिटेडको आज सबैभन्दा बढी रू ३३ करोड ७६ लाख ३९ हजारको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको आठ लाख नौ हजार एक सय ९० कित्ता शेयर किनबेच भएको छ । आजको कारोबार पछि कूल बजार पुँजीकरण रू ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख बराबर पुगेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन