वर्षको पहिलो कारोबारमै सेयर बजारमा गिरावट


काठमाडौं– साताको पहिलो कारोबारको दिन सेयर बजार परिसूचक २.३५ अंक घटेको छ । वर्ष २०८१ को पहिलो कारोबारको दिन बजार परिसूचक २.३५ अंक घटेको हो । आइतबार सामान्य अंकले बजार घट्दा १२७ कम्पनीको सेयर मूल्य बढेका छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कुल ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ५९ हजार ४२ पटकमा किनबेच भएका छ ।
सृजनशिल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । एनाआइसी एशिया लघुवित्त, दोल्ती पावर कम्पनी, राप्ती हाइड्रो, मिथिला लघुवित्त लगायतका कम्पनी उच्च कारोबार गर्ने कम्पनी रहेका छन् ।
समूहगत परिसूचकतर्फ फाइनान्स १.०४ प्रतिशत, हाइड्रो ०.३९ प्रतिशत, माइक्रोफाइनान्स १.९१ प्रतिशत बढ्दा बाँकी समूह सूचक घटेका छन् । जलविद्युत् समूह ०.३९ प्रतिशत बढ्दा ४८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ४० कम्पनीका लगानी कर्ताले गुमाएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन