आइतबार घट्यो सेयर बजार, कारोबार रकम बढ्यो


काठमाडौं, : साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ ।
आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको भयो ।
११६ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घट्यो । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढे । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटे ।
उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, आरम्भ चौतारी लघुवित्तको ९.६८, सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशत बढ्यो ।
चार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल हाइड्रो डेभलपरको ८.६०, नेपाल फाइनान्सको ८.२१, समृद्धि फाइनान्सको ७.९३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्