लगातार छैटौं दिन घट्यो सेयर बजार


काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । उक्त कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो ।
बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको भयो । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो ।
आज अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । यो समूहमा रहेका दुई कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा समग्र समूह बढेको हो । अन्य समूहका ६ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने दुईको मात्रै घट्यो ।
त्यस्तै माइक्रोफाइनान्स १.२२ र होटल तथा पर्यटन १.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.६८ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०.४७, विकास बैंक २.२२ र बैंकिङ ०.१४ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै विन नेपाल लघुवित्तको ९.५३, नेपाल पुनर्बीमाको ८.४१, बाराही हाइड्रोपावरको ७.३२, स्वाभिमान लघुवित्तको ६.९८, ओरियन्टल होटलको ६ प्रतिशत मूल्य बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७१, नेपाल माइक्रोइन्स्योरेन्सको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६.८६ र युनिभर्सल पावरको ६.१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन