सेयर बजार अन्तिम समयमा सम्हालियो


काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से अन्तिम एक मिनेटमा बढेको छ । अन्तिम समयमा बजार परिसूचक २.०६ अंक सकारात्मक रहेर बन्द भएको हो । २ अंकले बजार बाढ्दा परिसूचक १९६०.८१ मा उक्लिएको छ । सामान्य अंकले बजार बढ्दा १२० कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब १४ करोडको सेयर खरिद बिक्री भएको छ । मंगलबारको कारोबारमा समूहगत रुपमा हेर्दा माइक्रोफाइनान्समा आकर्षण देखियो । सो समूह २.४३ प्रतिशत बढ्यो ।
व्यापार र फाइनान्स समूह १ प्रतिशत घटे । अंकका आधारमा माइक्रोफाइनान्स १००, विकास बैंक १२ र अन्य समूह ११ ले बढे । बैंकिङ ०.८६, फाइनान्स २१, होटल २, हाइड्रोपावर १०, जीवन बीमा ३०, उत्पादन ३५, निर्जीवन बीमा ०.३ र ब्यापार समूह २९ अंक घटे । हिमालयन लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको ८.४, समताको ७.४, सबैको लघुवित्तको ७, आरम्भ चौतारीको ६.५ तथा साधुना लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो । त्यस्तै बोटलर्स नेपाल तराइको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.९, माउन्टेन हाइड्रो नेपालको ५.८, दोल्ती पावरको ५.१२ तथा नेपाल फाइनान्सको मूल्य ३.८५ प्रतिशत घट्यो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्