साताको तेस्रो कारोबारमा २४ अंक बढ्यो सेयर बजार


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबारका दिन करिब २४ अंक बढेको छ । मंगलबार बजार परिसूचक २३.९४ अंक बढेको हो । आजको कारोबार समय पश्चात बजार मापक परिसूचक २११५.९४ विन्दुमा उक्लिएको छ । आइतबार र सोमबार गरी ७२ अंक बढेको बजारमा मंगलबार पनि २४ अंक बढेसँगै तीन दिनमा बजार ९६ अंकले उकालो लागेको छ ।
मंगलबारको कारोबारमा १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारतर्फ आज ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ७३ हजार ६६७ पटकमा खरिद बिक्री भएको छ । जसमा ३१७ कम्पनी सामेल थिए ।
जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बजार सकारात्मक रहँदा पनि साइन रेसुङ्गा विकास बैंक, भगवती हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, रिभर फल्स पावर,मन्दु हाइड्रोपावरको सेयर मूल्य उच्च गुमाउने पाँच कम्पनीमा परे । समूहगत उपसूचकतर्फ विकास बैंक ०.२९ प्रतिशत र ट्रेडिङ इन्डेक्स ०.५३ प्रतिशतले घट्दा बाँकी समूह हरियो रह्यो । फाइनान्स समूह ३.५५ प्रतिशतले बढ्यो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन