सात दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंकले बढ्यो


काठमाडौं: अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । उक्त वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ ।
आज कारोबारका क्रममा १२ ः ४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो ।
धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटे ।
पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन